
चुनावी तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस कार्यालयका मूख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी तालमेल र पार्टी एकतासम्म गर्ने भन्दै अप्रत्याशित रुपमा घोषणा गरेपछि सत्तारुढ कांग्रेस ठूलो दबाब परेको छ ।
आसन्न प्रदेश र प्रतिनिधि सभा चुनाव केन्द्रित रणनीति बनाउंदै कम्युनिष्ट पार्टीहरु एकत्रित भएपछि कांग्रेसमा पनि लोकतान्त्रिक एकताका लागि दबाब परेको छ ।
तीन कम्युनस्टि पार्टीको चुनावी गठबन्धनलाई कांग्रेसले अस्वभाविक कदम भनेपनि उ दबाबमा भने परेको छ ।
विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपाललगायतसँग परामर्श गर्ने बताइएको छ ।
मंगलबार पनि उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष कमल थापा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्