एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक : मसाल • Image Khabar Image Khabar


एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक : मसाल


Imagekhabar
१८ आश्विन २०७४, बुधबार १५:२९

एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक : मसाल

मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधबार जारी गरेको विज्ञप्तिमा ‘सैद्धान्तिक र राजनीतिकरूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक–अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने’ भनिएको छ ।

तर, उनले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपुर्‍याउने तथा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको जनाएका छन् ।

मसालले माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकारको निर्माण गर्ने कार्य गलत भएको जनाउँदै आएको सन्दर्भमा एमालेसहित एकीकरणका लागि गरेको प्रयत्न एउटा साहसिलो र सकारात्मक कदम भएको ठहर गरेको छ ।

मसालले आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसँग तालमेलको आफ्नो नीति खुला रहेको पनि जनाएको छ ।

मसालको खुला संगठन राष्ट्रिय जनमोर्चाले निर्वाचनमा भाग लिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्