११ असार २०८२, बुधबार | Thu Jun 26 2025


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त


0
Shares

आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नियुक्त भएका उक्त पदाधिकारीबाटै आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने दुई/दुईओटा प्रदेशसभाका निर्वाचन क्षेत्रकोसमेत निर्वाचन सन्चालन गर्ने जिम्मेवारी दिइएको पनि प्रवक्ता ढकालले बताए ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जगेडामा रहेका अन्य ९ जना अधिकृतलाई निर्वाचन आयोगले असोज २४ र २५ गते काभ्रेको धुलिखेलमा तालिम प्रशिक्षण सन्चालन गर्ने तयारी गरेको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा १६५ जनालाई नियुक्त गरेको छ । रासस