कांग्रेस, राजपा, दुवै राप्रपा, फोरम नेपाल र लोकतान्त्रिक फोरमबीच गठबन्धनको सहमति • Image Khabar Image Khabar


कांग्रेस, राजपा, दुवै राप्रपा, फोरम नेपाल र लोकतान्त्रिक फोरमबीच गठबन्धनको सहमति


Imagekhabar
१८ आश्विन २०७४, बुधबार २०:४८

कांग्रेस, राजपा, दुवै राप्रपा, फोरम नेपाल र लोकतान्त्रिक फोरमबीच गठबन्धनको सहमति

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको ती दलहरुको बैठकले गठबन्धनको कार्यविधि तय गर्न सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

समितिमा कांग्रेसबाट दुईजना तथा अरु दलहरुबाट एक–एकजना रहने जनाइएको छ ।

यसअघि, बुधबारै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबाहेकका पार्टीहरुसँग गठबन्धन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस बैठकलगत्तै अरु दलहरुका नेताहरुलाई बालुवाटारमा डाकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्