२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ओली झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार सिफारिस


0
Shares

झापाका पाँचओटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मतरुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए ।

झापा क्षेत्र नम्बर–१ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर–२ बाट पवित्रा निरौला खरेल, क्षेत्र नम्बर–३ बाट पुष्पराज पोखरेल, क्षेत्र नम्बर–४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नम्बर–५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत् सिफारिस गरिसकेको सचिव अधिकारीले बताए । रासस