
कार्यसम्पादन समितिको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने दुई व्यक्तिकाबारेमा छलफल भएपनि नाम सिफारिस गर्न सकेन ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाहेकका पार्टीलाई समेटेर बनेको लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने विषयमा बैठकमा छलफल भएको थियो ।
त्यसैगरी, सरकारको विषयमा पनि बैठकमा छलफल भएको थियो ।
सत्तासाझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमालेसँग गठबन्धन गरेपछि सरकारमा बस्ने नैतिक आधार समाप्त भएको निष्कर्षमा बैठक पुगेको नेता अर्जुननरसिंह केसीले बताए ।
उनले अरु दलबाट नाम सिफारिस भएपछि नेपाली कांग्रेसले पनि बिहीबारै बस्ने अर्को बैठकले नाम टुंग्याउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्