
तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्बर–३ मा पर्ने सो बस्तीका दुई दर्जनभन्दा बढी व्यक्ति झाडापखलाले ग्रसित भएका हुन् ।
उनीहरु सबैको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
झाडापखालालाई महामारीको रुप लिन नदिनका लागि आवश्यक औषधिसहित बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालयको टोली सकरपुरा बस्ती पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्