
तीन/तीनजनाको नाम छनोट गर्नुपर्नेमा त्यो गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत् गरेका सबै आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिए ।
असोज १७ गतेसम्म उम्मेदवारको नामावली सिफारिस गर्न केन्द्रीय समितिले जिल्ला समितिलाई परिपत्र गरेको भएपनि सहमति हुन नसकेपछि बिहीबार बिहानमात्र आकांक्षी ६७ जनाको नाम केन्द्रीय समितिमा पठाइएको भुसालले जानकारी दिए ।
केन्द्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीन/तीनजना सम्भावितको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।
तोकिएकोभन्दा तीन गुणा बढी नेताले दाबी गरेपछि सहमति हुन नसकेको नेपाली कांग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाइँले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्