२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लोकतान्त्रिक गठबन्धनको कार्यदलमा कांग्रेसबाट निधि, खड्का र रिजाल


0
Shares

कांग्रेस कार्यसम्पादन समितिको बिहीबार अपराह्न बालुवाटारमा बसेको बैठकले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाललाई कार्यदलमा पठाउने निर्णय गरेको हो ।

यस्तै, कांग्रेस बैठकले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुका लागि मापदन्ड बनाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी, वाम गठबन्धनबाहिर रहेका दलहरुसँग चुनावी तालमेल गर्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

यसअघि, बिहीबारै बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा कार्यदलमा रहने व्यक्तिहरुको नाममा छलफल भएको थियो ।