बृहत् वाम एकताको विद्यार्थी संगठनबाट स्वागत • Image Khabar Image Khabar


बृहत् वाम एकताको विद्यार्थी संगठनबाट स्वागत


Imagekhabar
१९ आश्विन २०७४, बिहीबार १९:५०

बृहत् वाम एकताको विद्यार्थी संगठनबाट स्वागत

तीनओटै संगठनका अध्यक्षले बिहीबार संयुक्तरुपमा विज्ञप्ति प्रकाशन गरी समाजवाद स्थापना गर्ने लक्ष्यका साथ सुरु भएको वामपन्थी शक्तिको एकताले मुलुकलाई नयाँ दिशामा लैजाने बताए ।

एकता संयोजन समिति र चुनावी तालमेलको घोषणाले मुलुकमा नयाँ आशाको सन्चार गरेको उल्लेख गर्दै उनीहरुले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको यात्रालाई थप मजबुत् बनाउने विश्वास पैदा गरेको बताएका छन् ।

विज्ञप्ति जारी गर्नेमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ र नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम छन् । रासस

प्रतिक्रिया दिनुहोस्