
कार्यदललाई दलगत उम्मेदवारीका लागि निर्वाचन क्षेत्र छुट्याउन र घोषणा पत्र निर्माण गर्न जिम्मेवारी दिइएको छ ।
लोकतान्त्रिक कार्यदलमा कांग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे रहनुभएको छ । संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् ।
वामपन्थी गठबन्धनको कार्यदलका सदस्यलाई त एमाले र माओवादी केन्द्रका शीर्ष नेताले तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन उम्मेदवारीका लागि क्षेत्र निर्धारण प्रतिवेदन तयार गर्न निर्देशन दिइसकेका छन् ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरणसम्बन्धि समझदारी मंगलबार भएपछि लोकतान्त्रिक पक्षले पनि गठबन्धन निर्माण गरेको हो । एमाले र माओवादीबीच ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने सहमति बनेको छ ।
दुबै कार्यदलले २०७० सालको संविधान सभा निर्वाचन र हालै सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर क्षेत्र तोक्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्