Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


सुस्तमनस्थिति भएकी महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ


0
Shares

कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले अभियुक्त विष्टलाई नियन्त्रणमा लिई आज जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको बताए । उनकाअनुसार महिलालाई जबरर्जस्ती गर्न खोज्दा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । (रासस)