
फाइल तस्वीर
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको छ ।
सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो । आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउनेबारे पनि छलफल हुने बताइएको छ ।
एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्