जुन दलको चुनाव चिह्नमा चुनाव लड्यो, सोही दलको सदस्य रहने • Image Khabar Image Khabar


जुन दलको चुनाव चिह्नमा चुनाव लड्यो, सोही दलको सदस्य रहने


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार १३:४२

जुन दलको चुनाव चिह्नमा चुनाव लड्यो, सोही दलको सदस्य रहने

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने बहस भईरहेका बेला दलहरु एउटै निर्वाचन चिह्नमा चुनाव लड्न यही कारण हच्किरहेका हुन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जुन दलको निर्वाचन चिह्नमा चुनाव लड्यो, त्यो उम्मेदवार वा विजयी प्रतिनिधि निर्वाचन आयोगको अभिलेखमा सोही दलको सदस्य रहने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

त्यस्तै निर्वाचन आयोगले दलहरुलाई अ।सोज २२ भित्रै आधिकारिक हस्ताक्षर बुझाउन भनेको छ । सोही हस्ताक्षरका आधारमा समानुपातिक तथा प्रत्यक्ष तर्फका उम्मेदवारहरुको दलको आधिकारिक उम्मेदवार पुष्टी गरिनेछ ।

अहिले निर्वाचन आयोगमा ९१ दल दर्ता भई सोही बमोजिमको निर्वाचन चिह्न पाएका छन् । निर्वाचन आयोगले मतपत्र छपाईको काम समेत थालिसकेको छ ।

एउटा मतपत्रमा प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको निर्वाचन चिह्न हुनेछ भने अर्को मतपत्रमा प्रत्यक्ष तर्फको मतपत्र हुनेछ । दुई वटा मतपत्रमा एक जना मतदताले ४ स्थानमा मत संकेत गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्