कांग्रेसले भन्यो–‘अतिवादी गठबन्धनले मुलुकमा अस्थिरता ल्याउँछ’ • Image Khabar Image Khabar


कांग्रेसले भन्यो–‘अतिवादी गठबन्धनले मुलुकमा अस्थिरता ल्याउँछ’


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार १४:१९

कांग्रेसले भन्यो–‘अतिवादी गठबन्धनले मुलुकमा अस्थिरता ल्याउँछ’

कांग्रेस केन्द्रीय समितिको शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ‘अतिवादी गठबन्धनले मुलुकमा अस्थिरता चाहेको’ भन्दै त्यो पूरा हुन नदिन सबैलाई एक ठाउँमा आउन आह्वान गरेको हो ।

शान्ति–प्रक्रिया टुंगोमा पुगी नसकेको, माओवादी द्वन्द्वका मुद्दा, सत्यनिरुपण तथा मेलमिलाप आयोगको काम नटुंग्गिएका समयमा वाम तालमेल अनुचित भएको निष्कर्ष कांग्रेसको छ ।

माओवादी केन्द्र नेकपा एमालेमा मिसिएकाले शान्ति पक्षधर माओवादीतर्फको वारिस पुष्पकमल दाहाल हुने वा केपी शर्मा ओली हुने भन्ने समस्या सिर्जना भएको बैठकपछि कांग्रेस नेता महेश आचार्यले बताए ।

बैठकमा नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणको विषयमा पनि छलफल भएको छ ।

कांग्रेसले यही २५ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्ने निर्णय गरेको छ । त्यसका लागि उम्मेदवार छनोटको मापदन्ड तयार गर्ने नेता आचार्यले जानकारी दिए ।

एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्