चितवन, पुस २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशको समृद्धिका लागि अझै १० वर्ष काम गर्नुपर्ने बताएका छन् ।
१२औं चितवन महोत्सवको उद्घाटन गर्दै दाहालले समृृद्धिका लागि सबैको साथ आवश्यक रहेकाले आफूले अझै १० वर्ष काम गर्ने बताए ।
अब केही समयमै भारतको भैसालोटनदेखि देवघाटसम्म पानीजहाज चल्नुका साथै नारायणी र राप्ती नदीमा तटबन्ध र रिङरोड बन्ने उनले दाबी गरे ।
जनताको चाहना र अपेक्षाअनुसार विकासका काम गर्न नसके कम्युनिस्टको कुनै अर्थ नरहने उनको धारणा थियो ।
आगामी माघ ४ गतेसम्म चल्ने महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुतिसहितका कार्यक्रमहरु हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्