११ असार २०८२, बुधबार | Thu Jun 26 2025


राजदूत उपाध्यायको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस


0
Shares

उनको नाम कपिलवस्तु क्षेत्र नम्बर–१ बाट क्षेत्रीय समितिले सिफारिस गरी जिल्लामा पठाएको छ । उनीसँगै सभासद अतहर कमाल र पूर्वराज्यमन्त्री कमलेशकुमार शर्माको नाम पनि सिफारिस गरी पठाइएको छ ।

उपाध्यायले राजदूत पदबाट शुक्रबार राजीनामा दिएका छन् । उनी यसै साता कपिलवस्तु आउने बताइएको छ ।

कमालले गत संविधानसभा निर्वाचनमा स्वतन्त्ररुपमा चुनाव जितेर कांग्रेस प्रवेश गरेका थिए ।

यस्तै, क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वराज्यमन्त्री सुरेन्द्रराज आचार्यको नाम सिफारिस भएको छ । पार्टी जिल्ला सभापति तथा सांसद रहेका उनको एकल नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ क्षेत्र नम्बर–१ मा ७, क्षेत्र नम्बर–२ मा ३ र क्षेत्र नम्बर–३ मा ५ जनाको नाम सिफारिस भइ आएको क्षेत्र नम्बर–१ का सभापति केशव श्रेष्ठले बताए ।

उक्त नामहरु गाउँ, नगर र क्षेत्र हुँदै जिल्लामा सिफारिस भएको हो । जिल्ला समितिले शुक्रबार कांग्रेस केन्द्रीय समितिलाई ती नाम बुझाउँदै छ ।