
नोबेल समितिकी अध्यक्ष बेरिट राइस एन्डरसनले उक्त समूह ‘आइक्यान‘ले परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धी ल्याउन गरेको महत्वपूर्ण प्रयासका लागि सो पुरस्कार दिइएको बताएकी छन् ।
एन्डरसनले उत्तर कोरियाको प्रसंगसमेत उल्लेख गर्दै परमाणु अस्त्र भएका राष्ट्रहरुले हतियारहरु विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वानसमेत गरेकी ‘बीबीसी‘ले उल्लेख गरेको छ ।
नोबेल समितिले हामी बसिरहेको विश्वमा परमाणु अस्त्रको प्रयोगको सम्भावना अहिलेसम्मकै सबभैन्दा उच्च रहेको उल्लेख गरेको छ ।
जुलाइमा १२२ राष्ट्रहरुले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै त्यसलाई निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए । तर, बेलायत र अमेरिकासहितका विश्वका ९ ओटा परमाणु शक्तिसम्पन्न राष्ट्रहरुमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरका छैनन् ।
स्वीजरल्यान्डको जेनेभामा मुख्यालय रहेको १० वर्ष पुरानो संस्था ‘आइक्यान’मा विभिन्न गैरसरकारी संस्थाहरु सम्मिलित रहेका छन् ।
यस समूहले आगामी डिसेम्बरमा हुने कार्यक्रममा ११ लाख अमेरिकी डलरसहितको पुरस्कार पाउनेछ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्