११ असार २०८२, बुधबार | Thu Jun 26 2025


एमाले चितवनद्वारा २१ जनाको नाम सिफारिस


0
Shares

जिल्ला कमिटीको बिहीबार सम्पन्न बैठकले क्षेत्रबाट आएका नामलाई अनुमोदन गरी केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम सर्वसम्मतरुपमा सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

त्यसैगरी, क्षेत्र नम्बर–२ बाट जिल्ला पार्टी अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलको नाम सिफारिस गरिएको छ । पोखरेल यसअघि पनि चितवन क्षेत्र नम्बर–३ बाट सांसद बनेका थिए ।

यसैगरी क्षेत्र नम्बर–३ बाट चारजनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा घनश्याम भट्टराई, शंकर थपलिया, रविकिरण पौडेल र सूर्य जमरकट्टेल छन् ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ (क) बाट दावा दोर्जे लामा र डा. कृष्ण पन्त तथा (ख)बाट कृष्ण खनाल, क्षेत्र नम्बर–२ (क)बाट विजय सुवेदी र (ख)बाट तेजेन्द्रबहादुर खड्का, क्षेत्र नम्बर–३ (क)बाट कृष्ण भूर्तेल र (ख)बाट रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना, लीला आचार्य, प्रेम तिमिल्सिना, सुदिप रेग्मी, कल्पना सापकोटा, श्याम विष्ट, शान्तराज आचार्य र श्रीमान् थिङको नाम सिफारिस गरिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए ।

समानुपातिकतर्फको नाम भने टुंगो लाग्न सकेको छैन । रासस