
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि यसको तरंग छाएको छ ।
प्रदेश नम्बर–७, डडेल्धुराका सर्वसाधारण र सरोकारवालाले पनि वामपन्थी दलबीचको एकतालाई सकारात्मकरुपमा टिप्पणी गरेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच भएको पार्टी एकीकरणसम्मको घोषणाबाट मूलतः एमाले र माओवादीका नेता–कार्यकर्ता उत्साहित बनेका छन् ।
यो घोषणाबाट देशको राजनीतिक घटनाक्रमले नयाँ र ऐतिहासिक मोड लिएको एमाले डडेल्धुराका सचिव धनबहादुर साउदको बुझाइ छ ।
सर्वसाधारणले पनि वाम एकतालाई सकारात्मकरुपमा टिप्पणी गर्छन् । तर, उनीहरु यो चुनाव आफ्नो पक्षमा पार्ने र कांग्रेसलाई अलग्याउने खेलमामात्र सीमित बन्ने हो भने अर्थ नरहने बताउँछन् ।
दीर्घकालीन बन्नसके राजनीति र प्रशासनिकरुपमै यसले असर छाड्ने डडेल्धुराका सर्वसाधारणको बुझाइ छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्