Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


बारामा शृंखलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ


0
Shares

पक्राउ पर्नेमा जितपुर–सिमरा–७ का २६ वर्षीय ममताज खान, बराको सिम्रौनगढ घर भइ जितपुर–सिमरा–७ मा डेरा गरी बस्ने ३० वर्षीय नेजामुद्दिन अन्सारी, जितपुर–सिमरा–७ कै १७ वर्षीय ओमप्रकाश शर्मा, सर्लाही, बरहथवाका २४ वषीए रामजी महतो, चितवन, खैरेनीका १७ वर्षीय रोशन श्रेष्ठ, बारा, परवानीपुर गाउँपालिका–३ का २७ वर्षी दिलीप साह र सोही ठाउँका २४ वर्षीय कन्हैया साह सोनार रहेका छन् ।

चोरीको ल्यापटप बरामद भएपछि प्रहरीले ल्यापटप बिक्री गर्ने निजामुद्दिन अन्सारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अन्सारीकै बयानका आधारमा प्रहरीले अरुलाई पक्राउ गरेको हो । ममताज खानको घर खानतलासी गर्दा चोरीका गहनाहरुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले कोठा खोज्ने बहानामा घरघर डुल्दै हिँड्ने र चोरीको योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

Skip This