Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


चाँदीको मूर्तिसहित भारतीय नागरिक पक्राउ


0
Shares

भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा इप्रका रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको हो ।

साहका साथबाट रु एक लाख ३० हजार ४२० मूल्य पर्ने चाँदीका मूर्तिका साथै पूजाका सामग्री अन्दाजी दुई किलो १६२ ग्राम बरामद गरिएको छ । (रासस)