२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा छैनौंः अध्यक्ष दाहाल


0
Shares

वाम गठबन्धन र पार्टी एकता फरक विषय रहेको भन्दै उनले सरकार संविधान कार्यान्वयन गराउनका लागि गठन भएकाले आगामी मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन यही सरकारले गराउने प्रष्ट गरे ।

सिंहदरवारमा भएको पार्टी संसदीय दलको बैठकमा उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको पनि बताए ।

एमालेसँग पार्टी एकता र चुनावी तालमेल नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानअन्तर्गत भएकाले सरकारलाई कुनै असर नगर्ने जिकीर उनले गरे ।

सरकार ढालेर निर्वाचन प्रभावित गर्न नचाहेको तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भनेमा छोड्न तयार रहेको पनि उनले उल्लेख गरे ।

एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको दाहालको भनाइ छ ।

एउटा अर्कोमा बिलय भएर एकता नहुने भन्दै दाहालले वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर टुंगोमा पुगिने आश्वासन पनि दिए ।

केही सांसदले भने सैद्धान्तिक विषय नटुंग्याई एमालेसँग एकता नै गर्नुको हतारो के कारणले प¥यो भन्ने प्रश्न गरेका थिए ।