२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमालेले सत्तारुढलाई भन्यो–‘वाम गठबन्धनलाई निहुँ बनाएर सरकार फेरबदलमा नलाग्नू’


0
Shares

एमालेले आफ्नो पार्टी सरकार परिवर्तन गर्ने पक्षमा नरहेको भन्दै वाम गठबन्धनलाई देखाएर सरकार फेरबदलको खेलमा लागेर निर्वाचनमा अन्योल सिर्जना नगर्नसमेत आग्रह गरेको छ ।

शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले एमालेको लोकतन्त्रप्रतिको निष्ठामा नेपाली कांग्रेसले प्रश्न उठाउनु ‘हठात् मनस्थितिको उपज’ भएको टिप्पणीसमेत गरेको छ ।

बैठकले माओवादी केन्द्रसँग तालमेल र एकता घोषणापछि बनाइएको घोषणापत्र मस्यौदा समिति, उम्मेदवार छनोट कार्यदल र एकता संयोजन समितिलाई अनुमोदन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएको छ ।

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले आइतबार (भोलि)सम्म उम्मेदवार र सोमबारसम्म संयुक्त घोषणापत्र टुंगो लगाउने तयारी गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रसँगको चुनावी तालमेल र एकता घोषणापछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको बताइएको छ ।