१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


भारतीय वरिष्ठ चलचित्र निर्देशक शाहको निधन


0
Shares

शाहको उनकै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएकोे भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

स्वर्गीय शाहले पूर्णेस्थित भारतीय सिनेमा तथा टेलीभिजन संस्थान (एफ्टिआईआई) मा सिनेमा निर्देशन सम्बन्धि अध्ययन गरेका थिए । साथै, सन् १९८३ मा ‘जाने भी दो याराें’ नामको सिनेमाबाट निर्देशनको यात्रा तय गरेका थिए ।

उनले भारतीय सिनेमाका लागि प्रदान गरिने राष्ट्रिय पुरस्कार, इन्दिरा गान्धी पुरस्कार, प्राप्त गरेका थिए । तर, सन् २०१५ मा ‘एफ्टिआईआई’मा विद्यार्थीले गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउदै उक्त पुरस्कार फिर्ता गरेका थिए ।

शाहले सन् १९८६ मा ‘नुक्कड’ नामक हिन्दी धारावाहिक टेलीशृंखलामा प्रवेश गरेका थिए ।

सन् १९८८ मा प्रसिद्ध हाँस्य टेलिशृंखला ‘वागले कि दुनियाँ’ को निर्देशन गरेका थिए । उक्त सिनेमा व्यंग्य चित्रकार आर के लक्ष्मणको आम आदमीको चरित्रमा निर्माण गरिएको थियो ।

उनी भारतीय सिने क्षेत्रमा सन् १९९३ मा शाहरुख खानद्वारा अभिनित ‘कभि हाँ कभि ना’ सँगै पुन देखिएका थिए ।

उनले निर्देशन गरेको प्रीति जिन्टा तथा सैफ अलिद्वारा अभिनित सिनेमा ‘क्या कहना’ निकै सफल चलचित्र मानिन्छ । यसका अलावा उनले केही अन्य सिनेमाको निर्देशन गरेपनि ति सिनेमाबाट व्यवसायिक सफलता भने पाएनन् । (रासस/पीटीआई)