वाम एकताको सहमति एमालेबाट अनुमोदित • Image Khabar Image Khabar


वाम एकताको सहमति एमालेबाट अनुमोदित


Imagekhabar
२१ आश्विन २०७४, शनिबार १९:२३

वाम एकताको सहमति एमालेबाट अनुमोदित

यही असोज १७ गते एमाले र ती दुई दलबीच भएको सहमतिलाई वाम एकताको सन्दर्भमा ऐतिहासिक घटना भएको भन्दै बैठकले त्यसको कार्यान्वयनमा दृढताका साथ लाग्ने निर्णय गरेको छ ।

बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले आफूहरुको गठबन्धनबाट कुनै पनि शक्ति तर्सनु नपर्ने र वाम एकतालाई अधिनायकवाद वा सर्वसत्तावादको आरोप लगाउन पनि नहुने बताए ।

‘हामी लोकतान्त्रिक निष्ठामा कटिबद्ध छौं, हाम्रो एकतामा प्रश्न उठाउनेहरुले पनि लोकतान्त्रिक एकता गर्दा हामी स्वागत नै गर्छौं’-उनले भने ।

उनले आफूहरु सरकार फेर्नेभन्दा पनि मंसिरको निर्वाचन गराउनकेन्द्रित हुने स्पस्ट पारे । रासस

प्रतिक्रिया दिनुहोस्