२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धनकुटामा बाम एकता र लोकतान्त्रिक गठबन्धनको यस्तो ‘झड्का’(भिडियो)


0
Shares

जसको चर्चा शहर बजारमा मात्र सीमित नभई गाउँघरमा समेत उत्तिकै चुलिएको छ । धनकुटा पनि यसबाट अछुतो छैन ।

पटक पटक चर्चा चल्ने गरेको वामपन्थी दलहरुबीचको एकता गर्न चुनाबको मुखैमा आएर दुई ठूला कम्युनिष्ट पार्टीले संयोजन समिति नै बनाएपछि राजनीति तरंगित बनेको हो ।

जसको असर अर्को पक्षलाई लोकतान्त्रिक गठबन्धन नबनाई नहुने तहमा पुग्यो । राजधानी काठमाडौंमा भएको यस घटनाको तरंग भने देशभर एकसाथ पुगेको छ ।

त्यही चर्चामा रंगिएको छ, धनकुटा जिल्ला पनि । यहाँका शहरदेखि गाँउँसम्म यसको तातो बढेको छ ।

स्थानीय तहको निर्वाचनपछि चाडवाडमा रमाएको राजनीतिको पारो वाम र लोकतान्त्रिक गठबन्धन निर्माणको घोषणासँगै चढेको हो ।

शहरबजारका गल्ली, चिया पसल र सार्बजनीक थलोदेखि मेलापालसम्म यसैको चर्चा चुलिएको छ ।

स्थीर राजनीति र देशको दिगो विकासका लागि गठबन्धन वा एकता सहयोगि बन्ने आशा धनकुटेलीको छ ।

राजनीति नै दुइ धारमा समेटिंदा विकासले गति लिने आशा बढेको स्थानीय घनश्याम चापागाई बताउँछन् ।

एकता र गठबन्धनकै नारामा आसन्न केन्द्र र प्रदेशको निर्वाचनसमेत रंगिने निश्चित छ । वाम एकता लामो सयम टिक्नेमा भने स्थानीय आशंका गर्दछन् ।

प्रदेश र केन्द्रको निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्नकै लागि गरिएको रणानीतिमा मात्र सीमित बन्न सक्ने बुझाई पनि स्थानीयको छ ।

जुट्नभन्दा फुट्ने इतिहास रहेको वाम दल, ब्यक्तिगत स्वार्थ, निषेधको राजनीति जस्ता कारणले यो एकता प्रयास लामो समय नटिक्ने आशंका स्थानीयले गरेका हुन् ।

दुबै गठबन्धनलाई चुनाव केन्द्रित मात्र नभई देशलाई निकास दिने दिशामा संलग्न गराउन स्थानीयवासी जोड दिन्छन् ।

सत्ताबाहेक विपक्षमा रहनै नसक्ने रोगबाट ग्रसित नेपाली राजनीतिमा अहिले बनाउन खोजिएको गठबन्धन वा एकता पनि त्यत्तिमै सीमित नरहोस् भन्ने कामना धनकुटेली जनताले गरेका छन् ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)