१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


नेपाल र जापानबीच आज हवाई सेवा सम्झौता हुने


0
Shares

काठमाडौं । नेपाल र जापानबीच आज हवाई सेवा सम्झौता हुने भएको छ ।

जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा आज दुई मुलुकबीच हवाई सेवा सम्झौता हुन लागेको हो ।

आज अपराह्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच ४ बजेपछि हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्रसमेत निर्माण गरिने भएको छ ।

परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुने कार्यक्रम छ ।

मन्त्री ज्ञवालीको निमन्त्रणामा जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन् ।