
दुई दिन यता मात्रै ७५ जना झाडापखालाका विरामी थपिएका छन् । दुई दिनअघि २५ जना विरामी रहेको सकरपुरा बस्तीमा बालबालिका, महिला, वृद्धवृद्धा गरी सयभन्दा बढी स्थानीय झाडापखालाले ग्रसित भएका छन् ।
उनीहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, विराटनगरस्थित विराट नर्सिङ्ग होम र स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । झाडापखाला बस्तीभरि नै फैलिएपछि स्थानीय त्रसित बनेका छन् ।
बस्तीमा फैलिएको झाडापखाला बारे स्वास्थ्य सेवा विभाग, पूर्वाञ्चल स्वास्थ्य निर्देशनालयसहितका टोलीले आवश्यक जाँचबुझ गरी फर्किएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले भने बस्तीमा फैलिएको झाडापखालामा हैजाको जिवाणु हुनसक्ने बताए ।
उनले हैजा परीक्षणका लागि नमूना पठाइएको बताउँदै तीन, चार दिनपछि रिपोर्ट आउने र त्यसपछि मात्र हैजाबारे यकिन हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्