११ असार २०८२, बुधबार | Wed Jun 25 2025


सप्तरी एमालेले चारओटै क्षेत्रमा उम्मेदवार टुंगो लगायो


0
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर–१ बाट सुमनराज प्याकुरेल, २ बाट रञ्जु ठाकुर, ३ बाट तारकान्त चौधरी र ४ बाट मो इस्लामको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

यस्तै, नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारहरुको सन्दर्भमा क्षेत्रीय समितिले सिफारिस गरी पठाएको नामावली केन्द्रमा पठाउने निर्णय गरेको छ ।

कांग्रेस सप्तरीका सचिव भूपेन्द्रनारायण यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाम छुटेका अन्य कार्यकर्तासँगसमेत सल्लाह गरी केन्द्रमा नामावली सिफारिस गरी पठाउने निर्णय सर्वसम्मतबाट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै, आगामी जिल्ला समन्वय समिति निर्वाचनका लागि सम्पूर्ण पक्षसँग नेपाली कांग्रेसले वार्ताका लागि पहलसमेत गर्ने निर्णय गरेको जनाएको छ । रासस