नेकपा संयुक्तले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने • Image Khabar Image Khabar


नेकपा संयुक्तले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने


Imagekhabar
२३ आश्विन २०७४, सोमबार १६:३६

नेकपा संयुक्तले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने

सो पार्टीको सोमबार सम्पन्न पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

सो पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरेपछि एकता प्रक्रिया सार्थकरुपमा अगाडि बढ्ने जानकारी दिए ।

बैठकमा सो पार्टीका महासचिव सुनिल मानन्धरले पार्टी एकताको प्रस्ताव राखेका थिए ।

एकताका लागि माओवादी केन्द्रसँग छलफल भइरहेको र केही प्राविधिक तथा राजनीतिक विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ ।

आगामी संघीय तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न हसिया–हथौडामा चुनाव लड्ने निर्णय नेकपा संयुक्तले गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्