Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


राष्ट्रिय गौरवका आयोजनाहरुको प्राविधिक परीक्षण प्रतिवेदन उपलब्ध गराउन निर्देशन


0
Shares

काठमाडौं, पुस २४ । संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको पछिल्लो प्राविधिक परीक्षण प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा सतर्कता केन्द्रका प्रमुख विष्णुओम बादेलगायतका पदाधिकारीहरुसँग छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

बैठकले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलासुस्तीको सम्बन्धमा विज्ञहरुको सहयोगमा सूक्ष्म अध्ययनमार्फत् प्रभावकारिता बढाइ सुशासन कायम गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत् केन्द्रलाई निर्देशन दिएको छ ।