११ असार २०८२, बुधबार | Wed Jun 25 2025


शशांकको नाम सर्वसम्मत् हुन सकेन


0
Shares

कोइरालाको नाममा सर्वसम्मतिको प्रयास गरिएपनि अरु दुईजना आकांक्षीहरुले अडान लिएपछि उनको नाम सर्वसम्मत् हुन सकेन । कोइराला यसअघि दुईपटक उक्त क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।

पूर्वसांसद महेन्द्रध्वज जिसी र जिल्ला सदस्य कमला पौडेल तिवारीले सोही क्षेत्रबाट आंकाक्षा देखाएपछि कोइरालाको नाम सर्वसम्मत् पठाउन नसकिएको जनाइएको छ ।

नेपाली कांग्रेसको जिल्ला बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि १७२ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

जिल्ला टुक्रिएपछि बर्दघाट–सुस्ता पूर्व प्रदेश नम्बर–४ (नवलपुर क्षेत्र)बाट ११८ र पश्चिमतर्फको प्रदेश नम्बर–५ (परासी क्षेत्र) बाट ५४ जनाको नाम सिफारिस गरिएको हो ।

पूर्व र पश्चिममा दुई/दुई गरी चार निर्वाचन क्षेत्र छन् । जसमा प्रतिनिधिसभामाभन्दा प्रदेशसभा र समानुपातिकका उम्मेदवारका आकांक्षी बढी रहेको जिल्ला सभापति विष्णु लामिछानेले बताए ।

केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बढीमा तीन/तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएपनि विवाद हुने भएकाले क्षेत्रीय समितिबाट आएका सबै नामलाई केन्द्रमा सिफारिस गरिएको छ ।

सिफारिस गरिएका उम्मेदवारका आकांक्षीमा पूर्वबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा कोइरालासहित तीनजना छन् ।

त्यसैगरी, २ नम्बर क्षेत्रबाट चारजना आकांक्षी छन् । जसमा प्रतिनिधिसभामा महेन्द्रध्वज जिसी, विष्णुकुमार कार्की, कृष्णचन्द्र नेपाली र ओमकला गौतम छन् ।

बर्दघाट–सुस्ता पश्चिम क्षेत्र प्रदेश नम्बर–५ को निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि वर्तमान सांसद देवकरण जयसवालको नाम सर्वसम्मत् सिफारिस गरिएको छ ।

त्यसैगरी, क्षेत्र नम्बर–२ को प्रतिनिधिसभातर्फ केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल सर्वसम्मत् चयन भएका छन् ।