२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


दोलखामा औषधिको अभाव, डडेल्धुरामा औषधि खरिद गर्न बजेट अभाव


0
Shares

आर्थिक वर्ष सुरु भएको तीन महिना बित्नलाग्दा समेत स्थानीय निकाय र जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद नगर्दा जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भई बिरामी मर्कामा परेका हुन् ।

जिल्लाको उत्तरी दुर्गम गौरीशंकर गाउँपालिकाको सिमिगाउँमा औषधि अभावकै कारण एक जनाको मृत्यु हुँदासमेत विभिन्न गाउँ÷नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिदको प्रक्रिया थालेका छैनन् ।

दोलखामा रहेका ५५ सरकारी स्वास्थ्य संस्थामध्ये अधिकांशमा औषधि अभाव रहेको स्वास्थ्यकर्मी गुनासो गर्छन् ।

जाँच गर्न आएका विरामीलाई रित्तै फर्काउनु परेको उनीहरु स्विकार्छन् । भदौ १० गतेभित्र टेण्डर आह्वान गरेर असोज १० भित्र खरिद गरी सम्बन्धित स्वास्थ्य केन्द्रहरुमा औषधि पठाउनु पर्ने मन्त्रालयको निर्देशनको पालना हुन सकेको छैन ।

औषधि किन्नका लागि सरकारले विभिन्न स्थानीय तहलाई २ लाख ५० हजारदेखि ४ लाख ७० हजारसम्म गत साउनमै रकम उपलब्ध गराईसके पनि दोलखाका अधिकांश स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद गरेका छैनन् ।

उता, सरकारले सम्बन्धित निकायको बजेट स्थानीय तहमा पठाउने व्यवस्था गरे पनि कार्यान्वयनमा ढिलाई हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र डडेल्धुरामा आजभोलि अत्यावश्यक औषधि उपलब्ध हुन सकिरहेको छैन ।

स्वास्थ्य मन्त्रालयबाट बिनियोजित रकम अमरगढी नगरपालिकाबाट कार्यान्वयन नहुँदा औषधि अभाव भएको कर्मचारीहरु बताउँछन् ।

बिगतमा पहिलो चौमासिकमा आउनु पर्ने औषधि कार्यालयले नै खरिद गर्न सक्थ्यो तर यसपटक पछिल्लो व्यवस्थानुसार स्थानीय तहमै बजेट आउने र कार्यान्वयन गर्नुपर्ने भएकाले तीन महिना हुँदा पनि औषधि किन्न नसकिएको हो ।