२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


नेपालमा ५० लाख मानिस मानसिक रोगी, के कारण लाग्छ मानसिक रोग ?(भिडियो)


0
Shares

विश्वमा ४५ करोड मानिस कुनै न कुनै किसिमले मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

संगठनका अनुसार हरेक चारजना मध्ये एकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ ।

नेपालमा ५० लाख मानिस मानसिक रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ ।

नेपालमा २१ बर्ष अघि बनेको मानसिक स्वास्थ्य नीति अझै कार्यन्ययनमा आएको छैन् । २१ बर्ष सम्म न कुनै कानुन बन्यो न त नीति लाई नै कार्यन्यनमा नै ल्याईयो ।

नेपालमा मानसिक स्वास्थ्यको समस्या ठुलो मात्रामा रहेको अनुमान छ , तर ति समस्या भएका मानिसलाई कसरी सम्बोधन गर्ने भन्ने सरकारी कार्यक्रम भने शुन्य अवस्थमा हुँदा यो समस्या निकै बढेको मनो चिकित्सकहरु बताउछन् ।

विश्व स्वास्थ्य संगठनले २०१७ मा गरेको अध्ययनले नेपालमा ५ जना वयस्क मध्ये १ जनामा मानसिक रोगको समस्या देखिएको देखाएको छ ।

विश्वमा भने ५ जना महिलामा १ जना महिलालाई मानसिक रोग देखिने अध्ययनले देखाएको छ ।

नेपालमा मनोरोगीको उपचार गराउने अस्पताल र चिकित्सक कै अभाव रहेको छ । हाल देश भरी १ सय ४० जना मनोचिकित्सकहरु छन् ति पनि शहर केन्द्रित ।

सामाजिक, आर्थिक, पारिवारिक र वातावरणिय कारणले मानिसलाई मानसिक समस्या देखा पर्ने चिकित्सकहरु बताउँछन् ।

मास्तिष्कले गर्ने काम स्वस्थ नहनुलाई मानसिक रोग भनिन्छ ।

कार्य गर्ने क्षेत्र , घरपरिवारमा नकारात्मक वातावरण भयो भने मानिसमा उदासीपन आउने, दिक्दारीपन,मन डराउने जस्ता लक्षणहरु देखा पर्ने र त्यो समस्याले गर्दा धेरै मानिसलाई आत्महत्याको समेत सोचाई आउने मानसिक रोग विशेषज्ञ डा.सरोज ओझा बताउँछन् ।

कार्य क्षेत्रमा हुने नकारात्मक व्यवहारले पनि मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुग्दछ ।

मानिस मानसिक रुपमा स्वस्थ नभए मानिसमा सकारात्मक भावना नआउने र नकारात्मक व्यवहार गर्ने भन्दै यस बर्ष कार्य क्षेत्रमा सकारात्मक व्यवहार गरौ र उत्प्रेरण जगाउने काम गर्न आग्रह गरिएको छ ।

समुदाय, परिवार र कार्यलयमा सकारात्मक व्यवहार बढाउन नितान्त आवश्यक छ भने मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउन सरकारको पहल पनि उत्तिकै आवश्यक छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस