Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घन्टा प्रभावित


0
Shares

काठमाडौं, पुस २४ । सन्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करिब दुई घन्टा प्रभावित भएको छ ।

विमानस्थलको सन्चार प्रणाली भिडियो हाइ फ्रिक्वेन्सी (भीएचएफ)मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

उनकाअनुसार मंगलबार बिहान करिब ९ बजे विमानस्थलको सन्चार उपकरणमा लाइन सर्ट भएपछि भीएचएफमा समस्या आएको थियो । लगत्तै विमानस्थलका प्राविधिकले मर्मत गरेका थिए ।

प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

‘सन्चार प्रणालीमा लाइन सर्ट भएपछि समस्या आएको हो । टावर ठीकै थियो । हाम्रा इन्जिनियरले मर्मत गरेपछि सेवा सन्चालन भएको छ । एक घन्टा ४० मिनेटजतिमात्र उडान रोकियो । अवतरणमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा समस्या थिएन’–उनले भने । रासस