२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘क्षेत्र बाँडफाँट अन्तिम चरणमा’


0
Shares

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका नेताहरु सम्मिलित कार्यदलले क्षेत्र बाँडफाँट अन्तिम चरणमा पुगेको जनाएको छ।

क्षेत्र बाँडफाँट कार्यदलले उक्त जिम्मेवारी सोमबार टुंग्याउने भनिएपनि बाँडफाँटमा कुरा नमिल्दा लम्बिएको हो ।

कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले क्षेत्र बाँडफाँट अन्तिम चरणमा पुगेको भन्दै निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ताका लागि दिएको समयसीमाभन्दा पहिले नै टुंगो लाग्ने जानकारी दिए ।

यता, नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई औपचारिकता दिन सो गठबन्धनको कार्यदल गृहकार्यमा व्यस्त छ ।

लोकतान्त्रिक गठबन्धनले पनि ६ सदस्यीय कार्यदल गठन गरेर चुनावी तालमेल र क्षेत्र बाँडफाँटका विषयमा गृहकार्य गरिरहेको छ ।

लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समयभन्दाअघि नै सहमति हुने बताए ।

लोकतान्त्रिक गठबन्धनले क्षेत्र बाँडफाँटको मापदन्ड टुंगो लगाउन नसकेपनि वाम गठबन्धनले भने क्षेत्र बाँडफाँटका लागि २०७० को संविधानसभा निर्वाचन र गत स्थानीय तह निर्वाचनको मतपरिणाम, सम्बन्धित दलले ल्याएको प्रतिशतलाई मुख्य आधार मान्ने मापदन्ड बनाएको छ ।