२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुचालु


0
Shares

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि प्रभावित भएको उडान सुचालु भएको छ ।

भीसीसीएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान बिहान ९ बजेबाट रोकिएको थियो । विमानस्थलमा उडान प्रभावित भएपनि अवतरणमा भने कुनै समस्या थिएन ।

भीसीसीएस परिवर्तन गरिएपछि उडान सुचालु भएको हो । विमान उडानको तालिका करिब तीन घन्टा प्रभावित भएपछि विमानस्थलको आन्तरिक टर्मिनल भवन अस्तव्यस्त बनेको थियो ।