 
	    अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाइ कार्यालयको अवलोकन एवं निरीक्षण गर्दै विशेष कार्यनीतिलाई कार्यान्वयनका लागि इमान्दार भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।
“देश समृद्ध बनाउन नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी छ,” उनले भने ।
राजश्वको क्षेत्रलाई वृहत बनाइ सबैलाई राष्ट्र निर्माणको दायित्वमा समेट्ने नीति ल्याइएकाले त्यसको कार्यान्वयनमा इमान्दारिताकासाथ जुट्न मन्त्री कार्कीले निर्देशन दिए ।
करको दायरामा सबै करदातालालाई समेटे मुलुक आफ्नो आन्तरिक करका स्रोतबाट समृद्ध बन्नसक्ने उनको भनाइ थियो ।
राजश्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाइ कार्यालयका प्रमुख जयकुमार भण्डारीले भन्सार छलेर आउने नाकामा कडाइकासाथ निगरानी गरिँदै आएको बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्