अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन • Image Khabar Image Khabar


अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन


Imagekhabar
२५ आश्विन २०७४, बुधबार १४:५७

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले सो विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत् गरेकी थिइन् ।

सो विधानको सैद्धान्तिक छलफलमाथि नेपाल मजदुर किसान पाटीका दिल्ली काफ्ले र प्रेम सुवालले भाग लिँदै विज्ञान र प्रविधिको वर्तमान युगमा नवीरकणीय ऊर्जा आवश्यक भएको बताए ।

छलफमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानबाट नेपाललाई ज्ञान, सीप, अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने जानकारी दिएकी थिइन् ।

यसैगरी, बैठकले ‘भाषा आयोगको विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामुख ओनसरी घर्तीले बैठकमा सो प्रस्ताव सदनसमक्ष प्रस्तुत् गरेकी थिइन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाको अनुपस्थितिमा समितिका सदस्य आनन्दी पन्तले ‘राजर्षिजनक विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ लाई सदनको बैठकमा प्रस्तुत् गरेकी थिइन् ।

उपनियम निलम्बन
यसैगरी, सदनको बुधबारको बैठकले व्यवस्थापिका–संसद नियमावली १२७ को उपनियम एकलाई पनि बहुमतले निलम्बन गरेको छ ।

व्यवस्थापिका–संसदको बैठकले भाषा आयोग विधेयक, २०७३ लाई यही असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले सो नियमावलीलाई बैठकले निलम्बन गरेको हो ।

निलम्बनसम्बन्धी सो प्रस्तावलाई बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत् गरेका थिए भने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले समर्थन गरेकी थिइन् ।

व्यवस्थापिका–संसदको अर्काे बैठक यही २०७४ असोज २६ गते दिनको १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्