
दिवसको पूर्वसन्ध्यामा तिलगंगा आँखा अस्पतालले बुधबार राजधानीमा एक कार्यक्रम गरी देख्न पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।
अस्पतालका उपनिर्देशक डा. रोहित सैंजुले आँखा स्वास्थ्य सेवा नीति आवश्यक रहेकोमा जोड दिए ।
उनले आँखा स्वास्थ्यमा सरकारको लगानी कम रहेको भन्दै नीजि क्षेत्र र सरकारको साझेदारीबाटमात्र स्वास्थ्यमा सुधार गर्न सकिने बताए ।
नेत्र विशेषज्ञ डा. रबा थापाले अन्धोपनको दर घट्दै गएपनि अन्धोपनबाट सबैभन्दा बढी महिला प्रभावित हुने गरेको बताइन् ।
कार्यक्रममा तिलगंगा आँखा प्रतिस्ठान कार्यक्रम उपनिर्देशक नविन राईले आँखा स्वास्थ्यमा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवाको आवश्यकता रहेको बताए ।
तिलगंगा आँखा प्रतिष्ठानले नयाँ प्रविधिमार्फत् आँखाका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्