२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बैतडीमा किशोरी सम्मेलन शुरु


0
Shares

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनले जिल्ला किशोरी सञ्जाल गठन गर्ने संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

बालविवाह न्यूनीकरणको अभियानलाई गति प्रदान गर्नका लागि सञ्जाल गठन गरिन लागेको उनले बताए । सञ्जालमा जिल्लाका विभिन्न ठाउँमा गठन गरिएका किशोरीको सहभागिता छ ।

यस्तै सम्मेलनमा किशोरीवृत्त समूहले अहिलेसम्म बालविवाह न्यूनीकरणका लागि गरेका प्रयास, प्राप्त उपलब्धि र चुनौती तथा समस्याका बारेमा छलफल गरिएको छ ।

छलफलमा किशोरीले बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहँदा सुरक्षा चुनौतीसमेत रहेको औंल्याएका छन् ।

बालविवाह न्यूनीकरणका लागि सबै लाग्नुपर्ने

बालविवाह न्यूनीकरणका लागि सरोकारवाला सबैले लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बुधबार सदरमुकामगढीमा आयोजना गरिएको अन्तर संवाद कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी किशोरीले बालविवाह न्यूनीकरणका लागि परिवारबाटै अभियान शुरुवात हुनुपर्ने बताएका छन् ।

बालविवाह न्यूनीकरण अभियान सञ्चालन गर्ने बेला धेरै चुनौती भए पनि पछिल्लो समयमा केही हदसम्म बालविवाह न्यूनीकरण भएको उनीहरुले बताएका हुन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बालविवाह न्यूनीकरणका लागि स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताए ।

यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले दशरथचन्द नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका घोषणा गरिने बताइन् । नगरपालिकाभित्र हुने बालविवाह रोक्नका लागि आफूहरुको अभियान जारी रहेको उनले बताइन् । (रासस)