
नेपाली कांग्रेस काठमाडौंको अगुवा कार्यकर्ता भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै नेता सिंहले प्रजातान्त्रिक शक्ति एक ठाउँमा आएकाले यसलाई कसैले हराउन नसक्ने जिकिर गरे ।
कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापाले वाम तालमेल खेलमात्र भएकाले यसलाई महत्व दिनु जरुरी नभएको बताए ।
उनले नेपाली कांग्रेसले बोलेका सबै काम पूरा गरेकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।
नेपालमा अधिनायकवाद लाद्ने कसैको सपना पूरा नहुने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरुले कांग्रेसको नेतृत्वलाई एकजुट भएर जान सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्