११ असार २०८२, बुधबार | Thu Jun 26 2025


लोहनी नुवाकोटका दुवै निर्वाचन क्षेत्रबाट सिफारिस


0
Shares

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिस सूचीमा लोहनीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवारमा सिफारिस गरेको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिए ।

नुवाकोट, थानसिं निवासी लोहनीलाई दुवै निर्वाचन क्षेत्रले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरिएपनि उनले अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिने बताइएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ गोकर्णराज सिटौला, विमल थापा, लक्ष्मी पण्डित, पुरेन्द्रप्रसाद ढकाल र होमकुमारी ओझालाई पनि सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ भरतजंग उप्रेती, पोषनाथ ढुंगाना, शेरबहादुर खत्री र सरिता लामा रहेका छन् ।

प्रतिनिसधिसभा क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ श्यामकुमार केसी, झनक प्याकुरेल, राज्यलक्ष्मी श्रेष्ठ र कुलबहादुर खंगीलाई उम्मेदवार प्रस्ताव गरिएको छ भने समानुपातिकतर्फ कृष्णबहादुर प्याकुरेल सीताराम सापकोटा, राधिका विश्वकर्मा र सीताराम कुमाललाई प्रस्ताव गरी नामावली केन्द्रमा बुझाइएको सचिव पाण्डेले जानकारी दिए ।

उक्त दलले जिल्लामा रहेका चारओटै प्रदेशको प्रत्यक्ष र सामानुपातिक तर्फको उम्मेदवार पनि सर्वसम्मत् प्रस्ताव गरी नामावली केन्द्रमा बुझाएको जनाएको छ । रासस