११ असार २०८२, बुधबार | Thu Jun 26 2025


लोकेन्द्रबहादुर चन्द बैतडीबाट उम्मेदवार सिफारिस


0
Shares

सुर्नया गाउँपालिका–२ बाशुलिंगका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए ।

पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका लागि सिफारिस गरिएको छ ।

यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधिसभाको प्रत्यक्षका लागि सिफारिस गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ क्षेत्र नम्बर–१ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर–२ बाट समानुपातिकतर्पm चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिस गरिएको छ ।

दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारिस गरिने राप्रपा बैतडीले जनाएको छ ।

प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् ।

जिल्लामा पहिलो चरणअन्तर्गत् आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएको छ । रासस