२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


वाम गठबन्धनमा खटपट, गठबन्धन छाड्ने नयाँ शक्तिको चेतावनी


0
Shares

चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागवण्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले–माओवादीले ‘अपहेलित’ गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठवन्धन छोड्ने चेतावनी दिएको हो ।

यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार एमाले–माओवादीका अध्यक्षलाई नै दिएका छन् ।

भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र नम्बर २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट