Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


नेप्से साढे ६ अंकले उकालो


0
Shares

काठमाडौं, पुस २३ । लगातार ओरालो लागिरहेको सेयरबजार सोमबार उकालो लागेको छ ।

यसदिन बजार परिसूचक नेप्से साढे ६ अंकले उकालो लागेर ११ सय ७७ मा पुगेको हो ।

यसदिन अधिकांश समूह उकालो लागेबाहेक केही समूह ओर्र्लिएको हो ।

यसदिन जीवनबिमा समूह सबैभन्दा उच्च ९२ अंकले उकालो लाग्यो । त्यस्तै, होटल, लघुवित्त र निर्जीवन बिमा समूह पनि दोहोरो अंकले उकालो लागे ।

यसदिन उत्पादनमूलक समूह १२ अंकले ओर्लियो भने अन्य समूह पनि सामान्य अंकले ओरालो लाग्यो ।

यसदिन १६८ कम्पनीका ९ लाख ७७ हजार कित्ता सेयर जम्मा ३२ करोड ५० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Skip This