२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उत्पादन मिति २०१८ जनवरी, बजारमा भेटियो अहिल्यै


0
Shares

शुक्रबार बजार अनुगमनकाक्रममा एचएमएन फुड एन्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड, झापाद्वारा उत्पादित ‘तृष्णा’ नाम गरेको पिउनेपानीको उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्पादक कम्पनीलाई कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय झापालाई पानीको नमुनासहित पत्रचार गरेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले तीन महिना बढी समय बाँकी छँदै उत्पादन भएको पानीका बोतल बिक्री–वितरणमा आउनु ठूलो समस्या भएको बताए ।