२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


वाणिज्य मन्त्रालयद्वारा चारओटा वस्तुको निर्यात रणनीति सार्वजनिक


0
Shares

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहयोगमा सार्वजनिक गरिएको निर्यात रणनीतिमा चिया, कफी, ठूलो अलैची र हातेकागज रहेका छन् ।

मन्त्रालयले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी नेपालको निर्यात बढाउन नेपाल व्यापार रणनीतिमा रहेका यी चारओटा वस्तुको पाँच वर्षे रणनीति सार्वजनिक गरेको हो ।

रणनीतिको अन्तर्राष्ट्रिय व्यापार केन्द्र, निजी क्षेत्रले स्वागत गरेका छन् भने कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन् ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले प्रभावकारीरुपमा यो रणनीति कार्यान्वयन हुने बताए ।

निर्यात प्रबद्र्धन रणनीतिले बढ्दो व्यापार घाटा कम गर्न सहयोग पुर्‍याउने मन्त्रालयले जनाएको छ ।