२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


५५ करोडको लागतमा स्विस प्रविधिको चामल उद्योग सञ्चालनमा


0
Shares

स्विस प्रविधिको ‘बुलर प्लान्ट’बाट स्थापना भएको उद्योग ५५ करोडको लागतमा असोज महिनादेखि सञ्चालनमा आएको हो ।

आरती एग्रो इण्डष्ट्रिज प्रालिले सरावल गाउँपालिका–३ पिपरामा उद्योग स्थापना गरेको हो ।

उद्योगले दैनिक १ सय ६० टन धान क्रसिङ गरेर ८० टन चामल उत्पादन गर्दै आएको कम्पनीका अध्यक्ष नगेन्द्र अग्रहरीले जानकारी दिए ।

जिल्लामा १५ बढी चामल उद्योगहरु सञ्चालनमा रहे पनि आधुनिक प्रविधिबाट स्थापना भएको यो नै पहिलो उद्योग हो ।